काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आइतबार सम्पन्न भएको एक मात्र खेलमा गत संस्करणको उपविजेता धनगढी फुटबल क्लबले पनि विजयी शुरुवात गरेको छ । धनगढीले यसै सिजन पहिलोपटक सुपर लिगमा सहभागिता जनाईरहेको बिरगंज युनाइटेड फुटबल क्लबलाई हराउँदै विजयी शुरुवात गरेको हो ।
दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा धनगढीले बिरगंजमाथि २–१ को जित निकाल्यो । यद्यपि धनगढीलाई जितका लागि अन्तिम समयसम्म संघर्ष भने गर्नुपर्यो । खेलको दोस्रो मिनट मै फोडे फोफनाको गोलबाट अग्रता लिएको धनगढीले त्यसलाई पहिलो हाफ मै गुमाउन पुग्यो ।
पहिलो हाफ कै इन्जुरी समयमा बिरगंजका लागि हान्स क्वोफीले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । यद्यपि खेलको ८८औं मिनटमा लेबनानी फरवार्ड हमद हिजाजीले निर्णायक गोल गर्दै धनगढीलाई रोमाञ्चक जित दिलाए ।
खेलमा धनगढीका कृतिश रत्न छुन्जु म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर ११ गते सोमबार दुई नवप्रवेशी टोली झापा एफसी र स्र्पोटिङ एफसी भिड्ने छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै