News
जितका साथ नयाँ सिजनको शुरुवात गर्ने योजनामा धनगढी र बिरगंज
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणतर्फ आइतबार धनगढी फुटबल क्लब र नव आगन्तुक टोली बिरगंज युनाइटेड फुटबल क्लब भिड्दै छन् । खेल बेलुका ५ः३० बजेदेखि दशरथ रंगशालमा शुरु हुँदैछ ।
सुपर लिग शुरु हुनु प्रिसिजन खेलहरुमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेका दुवै टोली लिगमा भने जितका साथ सुखद शुरुवात गर्ने योजनामा छन् । धनगढीको मुख्य प्रशिक्षकमा युगल किशोर राई छन् मार्की खेलाडी आशिष चौधरी रहेका छन् ।
त्यस्तै बिरगंजको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् भने मार्की खेलाडीमा गोलरक्षक दिप कार्की रहेका छन् । स्मरणीय छ, धनगढी सुपर लिगको पहिलो संस्करणको उपविजेता टोली समेत हो ।
खेल हेर्न दर्शकहरुका लागि सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० टिकट मुल्य तोकिएको छ । टिकट आएमई–पे मार्फत अनलाईन वा दशरथ रंगशालाबाटै खरिद गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै