काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा अनुभवी डिफेन्डर अनन्त तामाङ चोटिल भएका छन् । चोट कै कारण मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनिसले शुक्रबार घोषणा गरेको राष्ट्रिय फुटबल टोलीको २३ सदस्यीय फाइनल स्क्वाडमा अनन्त परेनन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अनन्तको घुँडामा चोट लागेको छ । र, अनन्तले युएई विरुद्ध यही नोभेम्बर १६ तारीख (कार्तिक ३० गते) हुने फिफा विश्वकप र एएफसी एसियन कप दोस्रो चरणको छनौटतर्फ पहिलो खेल गुमाउने भएका छन् ।
अनन्तको चोट कति जटिल भन्ने कुरा भने खुलाइएको छैन । साथै उनले युएई विरुद्धको खेल मात्रै गुमाउने हुन् कि अन्य खेलहरुमा पनि उपस्थिति जनाउन नसक्ने हुन, त्यसबारे पनि एन्फाले खुलाएको छैन ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले युएई बाहेक यमन र बहराईनसँग खेल्नेछ । युएई विरुद्धको खेलपछि नेपालले नोभेम्बर २१ तारीख (मंसिर ५ गते) का दिन हुने पहिलो घरेलु म्याचमा यमनको सामना गर्ने कार्यक्रम छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”