News
वडास्तरीय च्यालेञ्ज कपको तयारी पूरा (खेलतालिकासहित)

मोतिपुर । श्री रामजानकी युवा क्लब, ग्रामथान–४, मोतिपुर, मोरङको आयोजनामा यही कार्तिक १८ गते शनिबारदेखि शुरु हुन गईरहेको वडास्तरीय च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
ग्रामथान–४, लोहासुर स्थित महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक १८ गतेका दिन कठहरा–७ र ९ तथा सिङगिया–५ भिड्ने खेलतालिकामा उल्लेख छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि