News
मनिष निर्णायक बन्दा नेपाल विश्वकप र एसियन कप छनौटको दोस्रो चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनैट खेल अन्तरगत पहिलो चरणको खेलमा महत्वपूर्ण जित निकाल्दै नेपाल छनौट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ
मंगलबार निर्णायक मानिएको अवे खेलमा नेपालले घरेलु टोली लाओसलाई १–० ले हराउँदै समग्रमा २–१ को अग्रताका साथ दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।
न्यु लाओस नेशनल स्टेडियममा भएको खेलको दोस्रो हाफतर्फ ५३औं मिनटमा मनिष डाँगीले गरेको एक मात्र गोल नेपाललाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो ।
स्मरण रहोस, नेपाल र लाओस बीच गत साता दशरथ रंगशालामा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
दोस्रो चरणतर्फ नेपाल समूह एचमा परेको छ । जहाँ नेपालले युएई, बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा खेल्नेछ । जुन खेलहरु यही वर्षको नोभेम्बरदेखि अर्को वर्षको जुन महिनासम्म हुने कार्यक्रम छ ।
Post Comments
Related News
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात