चन्द्रागिरी । छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबार कुर्दन फुटबल एकेडेमी र दाजुभाई फुटबल क्लबले जित हात पारेका छन् ।
नैकाप खेलमैदानमा भएको दिनको पहिलो खेलमा कुर्दनले गुणकेशरी युथ क्लबलाई ४–१ ले हरायो । कुर्दनको जितमा रन्जन श्रेष्ठले दुई गोल गर्दा अविरल रिजाल र सुजित राउतले एक–एक गोल गरे । गुणकेशरीका लागि समिर कार्कीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा कुर्दनका साहिल राणा म्यान अफ द म्याच चुनिए । यो जितसँगै कुर्दन प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै दोस्रो खेलमा दाजुभाईले दिपशिखा युवा समुहलाई ३–१ ले हरायो । दाजुभाईका लागि कब्बु कान्दङ्वा, खेमराज तामाङ र अनिल गुरुङले गोल गरे । पराजित दिपशिखाका लागि बिशाल श्रेष्ठले एक मात्र गोल फर्काए ।
खेलमा दाजुभाईका सुजन खनाल म्यान अफ द म्याच घोषित भए । यो जितसँगै दाजुभाई एफसी पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक २५ गतेका दिन हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न