News
आर्मी फरवार्ड राजिव गुरुङको पदोन्नती
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड राजिव गुरुङको सेनामा पदोन्नती भएको छ । उनको पदोन्नतीबारे त्रिभुवन आर्मी फुटबल क्लबले पनि आधिकारिक रुपमा जानकारी गराएको छ ।
आर्मीका अनुसार राजिवलाई जमदार पदमा बढुवा गरिएको हो । वि.सं. २०७१ सालदेखि आर्मीका लागि नियमित सदस्य भई फुटबलमा सक्रिय रहेका गुरुङले आर्मीका लागि धेरै सफलता र उपाधि पनि हात पारिसकेका छन् ।
क्लबमा उनको योगदान र सेवाको उच्च मुल्यांकन र कदरसहित उनलाई बढुवा गरिएको आर्मी क्लबले जनाएको छ । राजिवले आर्मीमा आवद्ध हुनु अघि न्युरोडटिम (एनआरी) र संकटा क्लबका लागि पनि खेलेका थिए ।
उता बढुवा भएपछि गुरुङले पनि खुशी व्यक्त गरे । सेनामा सबैको साथ र समर्थनले आफू यो ठाउँसम्म आइपुगेको बताउँदै उनले यो बढुवाले आफुलाई देश र टोलीका लागि अझै केही गर्न हौसला मिलेको प्रतिक्रिया समेत दिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न