
हेटौडा । मंगलबारदेखि शुरु भएको दोस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा चितवन भेट्रान्स र अभिषेक चर्च भेट्रान्सले विजयी शुरुवात गरेका छन् ।
हेटौडा–७ नागस्वती स्थित नवज्योति खेलमैदानमा भएको पहिलो खेलमा चितवन भेट्रान्सले सिमरा भेट्रान्सलाई ३–१ ले हरायो । चितवनको जितमा भुपेन्द्र कार्कीले दुई गोल गरे भने रविन्द्र कुमार श्रेष्ठले थप एक गोल गरे ।
पराजित सिमराका लागि मेघनाथ अधिकारीले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा चितवन भेट्रान्सका भुपेन्द्र कार्की म्यान अफ द म्याच घोषित भए । यो जितसँगै चितवन क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
त्यस्तै दोस्रो खेलमा अभिषेक चर्च भेट्रान्सले बिरगंज सिटी भेट्रान्सलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने अभिषेक चर्चले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलमा अभिषेक चर्चका गोलरक्षक शंकर गोपाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै अभिषेक चर्च पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वतीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा