थेचम्बु । आउँदै गरेको बडा दशैं तथा दिपावलीको अवसर पारी मुनलाईट युनाइटेड युथ क्लब, पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बु, ताप्लेजुङको आयोजनामा कार्तिक ११ गतेदेखि खुला पुरुष तथा पाथीभरा याङवरक गाउँपालिका वडास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
थेचम्बु माविको खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि कार्तिक १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क पुरुषतर्फ ५००० र महिलातर्फ १००० तोकिएको पनि आयोजकले जानकारी दियो ।
त्यस्तै पुरुष फुटबलतर्फ प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फ विजेताले उपाधिसहित २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही १०–१० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष राम कुमार कटुवालले बताए ।
त्यसैगरी व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कटुवालले जानकारी दिए ।
- सिरिजङ्गा गोल्डकपको सार्वजनिक सुनुवाइ तथा सहयोगदाता सम्मान सम्पन्न
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा