
काठमाडौं । चीनमा जारी प्रतिष्ठित १९औं एसियन गेम्सको महिला फुटबलतर्फ लगातार दोस्रो हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
समूह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा सोमबार दावेदार जापानसँग ८–० को फराकिलो हार बेहोर्यो । जापानले आफ्नो पहिलो खेलमा अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई समान ८–० ले हराएको थियो ।
स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा भियतनामसँग २–० को हार बेहोरेको थियो । उता सोमबार नै भएको समूह डी तर्फको अर्को खेलमा भियतनामले बंगलादेशमाथि ६–१ को जित निकाल्यो ।
लगातार दुई हार बेहोरेका नेपाल र बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् । साथै समूह चरणको अन्तिम खेलमा बिहीबार नेपाल र बंगलादेश नै प्रतिष्ठाका लागि भिड्ने छन् ।
समूह डी तर्फ सोही दिन भियतनाम र जापान पनि भिड्ने छन् । नकआउट चरणमा प्रवेश गर्ने भियतनाम र जापान दुवै सम्भावना पनि कायम छ ।
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा