News
एपिएफ पकली सेमिफाइनलमा

इटहरी । एपिएफ पकली यहाँ जारी दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले हिमाल युनाइटेड एफसीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
विसनपुर खेलमैदानमा भएको खेलमा एपिएफका लागि धन बहादुर श्रेष्ठ र हरि कार्कीले गोल गरे । उता हिमाल युनाइटेडका लागि पारस राईले एक मात्र गोल फर्काए । खेलमा एपिएफका धन बहादुर श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।
द ड्रिम्स क्लब, इटहरी–१७, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज १४ गतेका दिन हुनेछ ।
Post Comments