फुङलिङ । पूर्वी नेपालको प्रतिष्ठित मध्ये एक ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको पनि आयोजक क्लबका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
श्री भानु जन माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज मानाभरा युथ स्र्पोटिङ क्लब, ताप्लेजुङ र जुट विकास फुटबल एकेडेमी, इटहरी भिड्ने कार्यक्रम छ । साथै खेल ३ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ २० गतेका दिन हुने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई