News
आयोजक बगुवा (ए) सेमिफाइनलमा प्रवेश

बगुवा । आयोजक बगुवा फुटबल क्लब (ए) यहाँ जारी प्रथम बगुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बगुवा खेलमैदानमा भएको क्वाटरफाइनल भिडन्ततर्फ बगुवा (ए) ले अजम्बरी फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
खेलमा बगुवा (ए) का गोलरक्षक विसम राई म्यान अफ द म्याच घोषित भए । राईलाई समाजसेवी तथा फुटबलप्रेमी राजु कुलुङ राईले म्यान अफ द म्याचको ट्रफीसहित पुरस्कृत गरेका थिए ।
बगुवा फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल यही भदौ १४ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष मनोज राईले जानकारी दिए ।
Post Comments