
हेटौडा । साउथ एसियन फुटबल महासंघ (साफ) को आयोजनामा भुटानको थिम्पुमा यहि भाद्र १५ गतेदेखी २४ गतेसम्म आयोजना हुने युथ–१६ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको अन्तिम छनौटमा २३ जना भित्र मकवानपुरका तिन खेलाडी पर्न सफल भएका छन ।
यु–१६ टोलीमा मकवानपुरका बिशेष बानियाँ, सन्तोष गोङबा र भुवन कार्मी फाइनल स्क्वाडमा पर्न सफल भएका हुन् । बिशेष र सन्तोषले जारी यु–१६ लिगमा न्युरोडटिम (एनआरटी) बाट खेलिरहेका छन् भने भुवनले त्रिभुवन आर्मी फुटबल क्लबको युथ टिमबाट खेलेका छन् ।
स्मरण रहोस, यसै महिना हुने साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले गत संस्करणको विजेता भारत र बंगलादेशसँग खेल्नेछ । नेपाल भने गत संस्करणको उपविजेता समेत हो
त्यस्तै समूह बी मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा