News
यु–१६ को बन्द प्रशिक्षणमा ४० खेलाडी (नामावलीसहित)

काठमाडौं । साफ यु–१६ च्याम्पियनसिपमा सहभागिताका लागि नेपालको राष्ट्रिय यु–१६ टोली तयार पार्न देशव्यापी रुपमा छनौट भई आएका खेलाडीहरु मध्येबाट अन्तिम चरणपछिको बन्द प्रशिक्षणमा ४० खेलाडीहरु छनौट भएका छन् ।
साथै अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही साउन २८ गते शनिबार बेलुका ५ बजेदेखि बन्द प्रशिक्षण शुरु गर्ने पनि जानकारी गराएको छ । र, बन्द प्रशिक्षणमा परेका खेलाडीहरुले आवश्यक कागजातसहित तोकिएको मिति र समयमा सम्पर्क गर्न समेत बताइएको छ ।
स्मरण रहोस, यस वर्षको साफ यु–१६ च्याम्पियनसिप आउँदो भदौ १५ देखि २५ गते भुटानमा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले साविक विजेता भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूह बी मा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त