
म्याङलुङ । ऐतिहासिक लाखे जात्रा, कृष्ण जन्म अष्टमीको अवसर पारी म्याङलुङ स्र्पोटिङ युवा क्लब, म्याङलुङ, तेह्रथुमको आयोजनामा आउँदो भदौ १४ देखि २१ गतेसम्म नेत्र गुरागाई स्मृति गोल्डकप पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
म्याङलुङ बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको खेल संयोजक राजाहाङ सुब्बाले जानकारी दिए । साथै उनले प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता निःशुल्क रहेको पनि बताए ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख पाप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिए ।
त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा अन्य साँस्कृतिक प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न