
काठमाडौं (एजेन्सी) । जारी फिफा महिला विश्वकपमा पहिलोपटक सहभागिता जनाईरहेको एसियाली राष्ट्र फिलिपिन्सले मंगलबार विश्वकपमा ऐतिहासिक पहिलो जित हात पारेको छ । समूह ए तर्फ आफ्नो पहिलो खेलमा स्वीजरल्याण्डसँग २–० ले पराजित फिलिपिन्सले मंगलबार आयोजक राष्ट्र न्युजिल्याण्डमाथि १–० को ऐतिहासिक र सनसनीपूर्ण जित निकाल्यो ।
न्युजिल्याण्डको वेलिङटन रिजनल स्टेडियममा भएको खेलमा फिलिपिन्सका लागि २४औं मिनटमा सरिना बोल्डेनले गरेको एक मात्र गोल फिलिपिन्सलाई ऐतिहासिक जित दिलाउन निर्णायक बन्यो । साथै निर्णायक गोल गरेकी सरिना विश्वकपको इतिहासमा फिलिपिन्सका लागि गोल गर्ने पहिलो खेलाडी समेत बनिन् ।
यो जितसँगै फिलिपिन्सले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना पनि कायम राखेको छ । स्मरण रहोस, न्युजिल्याण्डले आफ्नो पहिलो खेलमा पूर्व विजेता तथा बलियो नर्वेलाई १–० ले हराएको थियो । मंगलबार नै हुने समूह ए तर्फको अर्को खेलमा नर्वेले र स्वीजरल्याण्डसँग खेल्दैछ । समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात