
काठमाडौं । सन् २०२६ को फिफा विश्वकप र सन् २०२७ को एएफसी एसियन कप छनौटका लागि आइतबार नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० सदस्यीय प्रारम्भिक टोली गरेका हुन् ।
त्यस्तै आगामी साउन १६ गतेदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि शुरु गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । स्मरण रहोस, नेपाली टोली भर्खरै मात्र साफ च्याम्पियनसिप खेलेर स्वदेश फर्किएको थियो ।
छनौट प्रतियोगिता अन्तरगत पहिलो चरणका खेलहरु आगामी अक्टुरमा हुने बताइएको छ ।
नेपालको प्रारम्भिक टोलीः
गोलकिपर्सः किरन चेम्जोङ, अनिश देउला, दिप कार्की, अभिषेक बराल
डिफेन्डर्सः बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई
मिडफिल्डर्सः एरिक बिष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, बिशाल तामाङ, विवेक पौडेल, कृतिश रत्न छुन्जु
फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने