काठमाडौं । अष्ट्रेलियामा रहेका नेपाली खेलाडीहरुबीच सम्पन्न तेस्रो कँडेल कन्सल्टेन्सी फुटसल प्रतियोगिताको उपाधि रोयल वेस्टर्न क्लबले जितेको छ ।
ब्रेब्रुक फुटसलमा सम्पन्न उपाधि भिडन्तमा रोयल वेस्टर्नले चन्द्र सुर्य एफसीलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । रोयल वेस्टर्नका लागि अमित थापाले एक मात्र निर्णायक गोल गरे ।
कँडेल कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता रोयल वेस्टर्नले उपाािधसहित नगद १५ सय डलर हात पार्यो भने उपविजेता चन्द्र सुर्यले नगद १ हजार डलरसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक निर्देश पौडेल चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार किस्मत गुरुङले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी अनिष कार्की घोषित भए ।
एनआरएनए अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिले आयोजना गरेको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने