News
झापाः जलथल एफसी ढडुवा कपको फाइनलमा
जलथल एफसी झापाको हल्दिबारी ३ मा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पञ्चायत माविको खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा गोलधाप एफसीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै जलथले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । जलथलका लागि खमिर गिल्सन कन्दङ्वाले गरेको गोल नै निर्णाक बन्यो ।
खेलको सुरुवातीमै जलथलले आक्रामक खेल पस्केको थियो । प्रतिस्पर्धात्मक खेलमा गोलधापले पाएको थुप्रै अवसर खेर गएको थियो । खेल सकिन ५ मिनेट बाँकी रहँदा दायाँ क्षेत्रबाट आएको पासलाई खमिर गिल्सनले गोलमा परिणत गराएका थिए । उनी म्यान अफ दी म्याच बने ।
जितसँगै जलथलले बिर्तामोडस्थित खोपबाडीको न्यू स्टार एफसीसँग फाइनल भेट पक्का गरेको छ । हल्दिबारी ३ को ढडुवा एफसीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक