
हेटौडा । आयोजक विजय युथ क्लब यहाँ जारी दोस्रो विजय युथ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनल खेलतर्फ विजय युथले बागमती प्रदेश प्रहरी गणलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
पिप्ले क्याम्पा रंगशालामा भएको खेलको २०औं मिनटमा विजय युथका लागि आश गुरुङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता गुरुङ नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।
त्यस्तै आइतबार नै भएको हेटौडा फुटबल एकेडेमी (ए) र ढल्के जोवन एफसी बीचको खेल समय अभावका कारण स्थगित भएको थियो । खेलमा हेटोडा एफए २–० गोल अन्तरले अगाडी रहेको अवस्थामा खेल स्थगित गरिएको आयोजक क्लबका अध्यक्ष सुदिप राजबाहकले बताए । साथै उक्त खेल सोमबार बिहान ८ बजे हुने पनि अध्यक्ष राजबाहकले जानकारी दिए ।
विजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार १५ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा