काठमाडौं । एएफसी यु–१७ एसियन कपतर्फ समूह ए बाट आयोजक थाइल्याण्ड समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा थाइल्याण्डले यमनमाथि १–० को जित निकाल्यो ।
पाथुम थानी स्टेडियममा भएको खेलको अन्तिमतिर इन्जुरी समयमा तनकृत लोम्नाकले गरेको एक मात्र गोल मात्र गोल घरेलु टोलीलाई जित दिलाउन निर्णायक बन्यो । स्मरण रहोस, नकआउट चरणमा थाइल्याण्ड र यमन यसअघि नै प्रवेश गरिसकेका थिए ।
बुधबारको नतिजापछि शतप्रतिशत जितका साथ तीन खेलबाट ९ अंक जोडेको थाइल्याण्ड समूह ए को शिर्ष स्थानमा रहेर समूह विजेता बन्यो । ६ अंकका साथ यमन समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।
त्यस्तै बुधबार नै भएको प्रतिष्ठाको भिडन्तमा मलेसियाले लाओसमाथि २–१ को जित निकाल्यो र प्रतियोगितामा सुखद समापन गर्न सफल भयो । यो नतिजापछि ३ अंक जोडेको मलेसिया तेस्रो स्थानमा रह्यो र समूह चरणबाटै बाहिरियो । अंकविहीन लाओस भने पुछारमा रहेर प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट