
हेटौडा । यहाँ जारी दोस्रो विजय यु गोल्डकप नकआउट फुटबल प्रतियोगितामा नागस्वती एफसी र बागमती प्रदेश प्रहरी गणले जित हात पारेका छन् ।
बुधबार भएको दिनको पहिलो खेलमा नागस्वतीले रिगल हेटौडा रिसोर्ट, मकवानपुरलाई सडन डेथमा ६–५ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा नागस्वतीका गोलरक्षक अस्मिर गोम्बा म्यान अफ द म्याच घोषित भए ।
पिप्ले क्याम्पा रंगशाला मै भएको दोस्रो खेलमा बागमती प्रदेश प्रहरी गणले समाज कल्याण एफसीमाथि १–० को जित निकाल्यो । बागमती प्रदेश प्रहरीका ल ागि कृष राउतले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता राउत नै खेलको म्यान अफ द म्याच चुनिए । जित हात पारेका दुवै टोली क्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् ।
विजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार १५ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा