News
विजय युथको विजयी शुरुवात

हेटौडा । दोस्रो विजय युथ गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक तथा साविक विजेता विजय युथ क्लबले विजयी शुरुवात गरेको छ । हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा विजय युथले अग्रसर युथ क्लबलाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति, मकवानपुरका अध्यक्ष भेष खड्गीले गरेका थिए । असार १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप राजवाहकले जानकारी दिए ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको जीवन बिमा र १० हजार नगद प्रदान गरिने पनि अध्यक्ष राजबाहकले बताए । प्रतियोगितामा मकवानपुरका कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा