
काठमाडौं । एएफसी यु–१७ एसियन कपको समूह डी तर्फ दक्षिण एसियाली राष्ट्र भारतले झिनो अन्तरको हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा बलियो भियतनामलाई १–१ को बराबरीमा रोकेको भारतले मंगलबार दोस्रो खेलमा पूर्व विजेता उज्वेकिस्तानसँग १–० ले पराजित भएको छ ।
थम्मसत स्टेडियममा भएको खेलको ८१औं मिनटमा मुखम्मेदली रिमोवले गरेको एक मात्र गोल उज्वेकिस्तानलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । स्मरण रहोस, उज्वेकिस्तानले आफ्नो खेलमा साविक विजेता जापानसँग १–१ को बराबरी खेलेको थियो ।
त्यस्तै मंगलबार नै भएको समूह डी तर्फको अर्को खेलमा दावेदार मध्ये एक जापानले भियतनाममाथि ४–० को एकतर्फी जित निकाल्यो ।
मंगलबारको नतिजापछि ४–४ अंक जोडेका जापान र उज्वेकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै समान १–१ अंक जोडेका भारत र भियतनाम क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूह डी बाट अझै पनि चारै टोलीको नकआउट चरण प्रवेशको सम्भावना कायम छ । यद्यपि त्यसमध्ये जापान र उज्वेकिस्तानको सम्भावना बलियो देखिएको छ ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट