काठमाडौं । यमन र आयोजक थाइल्याण्ड जारी एएफसी यु–१७ एसियन कपको क्वाटरफाइनलमा पुग्ने शुरुवाती दुई टोलीहरु बनेका छन् । आइतबार भएको समूह ए तर्फको दोस्रो खेलमा लगातार दोस्रो जित निकाल्दै यमन र थाइल्याण्ड एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
लगातार दोस्रो जित हात पार्ने क्रममा यमनले लाओसमाथि २–१ को जित निकाल्यो भने थाइल्याण्डले मलेसियालाई ३–० ले हरायो । पहिलो खेलमा यमनले मलेसियामाथि ४–० को जित निकालेको थियो भने थाइल्याण्डले लाओसलाई २–१ ले हराएको थियो ।
समूह ए मा दुई खेलबाट ६–६ अंक जोडेका यमन र थाइल्याण्ड एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अंकविहीन लाओस र मलेसिया भने समूह चरणबाट बाहिरिएका छन् ।
अब समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्ड र यमन भिड्ने छन् । यी दुईबीचको खेलको नतिजाले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ । त्यस्तै सोही दिन लाओस र मलेसिया पनि आमने सामने हुनेछन् । जुन दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त हुनेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट