
काठमाडौं (एजेन्सी) । थाइल्याण्डमा जारी एएफसी यु–१७ एसियन कपतर्फ दक्षिण एसियाबाट छनौट हुन सफल एक मात्र टोली भारतले राम्रो शुरुवात गरेको छ । कठिन समूह डी मा रहेको भारतले आफ्नो पहिलो खेलमा शनिबार बलियो भियतनामसँग १–१ को बराबरी खेल्दै अंक जोड्न सफल भयो ।
थम्मसत स्टेडियममा भएको खेलको ४४औं मिनटमा ले डिन लोङ भुको गोलबाट भियतनामले खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफको ६९औं मिनटमा मलेमगम्बा थोक्चोमले भारतका लागि बराबरी गोल गर्दै भियतनासँग अंक खोस्न सफल भएको थियो ।
भारतले आफ्नो आगामी खेल मंगलबार अर्को बलियो टोली उज्वेकिस्तानसँग खेल्नेछ भने सोही दिन भियतनामले डिफेन्डिङ च्याम्पियन जापानको सामना गर्नेछ । स्मरण रहोस, समूह डी तर्फ शनिबार नै भएको अर्को खेलमा जापान र उज्वेकिस्तानले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।
प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट