
काठमाडौं (एजेन्सी) । बिहीबारदेखि थाइल्याण्डमा शुरु भएको एएफसी यु–१७ एसियन कपमा तीन पूर्व विजेता टोलीहरु दक्षिण कोरिया, इरान र साउदी अरबले विजयी शुरुवात गरेका छन् ।
समूह बी तर्फ दक्षिण कोरियाले कतारमाथि ६–१ को फराकिलो अन्तरको जित निकाल्यो । सोही समूहमा रहेको इरानले पनि अफगानिस्तानमाथि समान ६–१ को जित निकाल्यो ।
त्यस्तै समूह सी तर्फ साउदी अरबले अष्ट्रेलियामाथि २–० को जित हात पार्दै विजयी शुरुवात गर्यो भने सोही समूहको अर्को खेलमा ताजिकिस्तान र चीनले १–१ गोलको बराबरी खेले ।
त्यसअघि प्रतियोगिताको उद्घाटन खेलतर्फ समूह ए मा यमनले मलेसियामाथि ४–० को जित निकालेको थियो भने आयोजक थाइल्याण्डले लाओसमाथि २–१ को जित दर्ता गरेको थियो ।
प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । जापान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।