काठमाडौं । क्यानडामा रहेका नेपाली समुदायहरुद्वारा स्थापित सगरमाथा स्पोर्टस एण्ड सोसल क्लबले नेपाली समुदायका बालबालिकाहरुबीच फुटबल गतिविधीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्रासरुट फुटबल प्रशिक्षण शुरु गरेको छ ।
खासगरी कालगरी, क्यानडामा रहेका ६ देखि १३ वर्ष उमेर समूहका लक्षित बालबालिकाहरुलाई फुटबलको आधारभुत र प्राविधिक ज्ञानको प्रशिक्षण दिने योजना रहेको क्लबले जनाएको छ ।
गत मई १५ तारीखदेखि शुरु गरिएको ग्रासरुट प्रशिक्षण कार्यक्रममा नेपाली बालबालिकाहरुको उपस्थिति उत्साहजनक रहेको क्लबले जानकारी दियो । साथै यो प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिंदै लैजाने क्लबको योजना रहेको छ ।
फुटबलमा रुची राख्ने साना बाल खेलाडीहरुलाई ग्रासरुट उमेर समूहबाटै फुटबलको प्रशिक्षण गराउँदा त्यसले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने विश्वास क्लबले लिएको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने