News
बिक्रम, जुमानु र भोलाको सन्यास

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार समापनका दिन तीन स्टार खेलाडीहरुले फुटबलबाट सन्यासको घोषणा गरे ।
पुलिस क्लबका पूर्व अन्तर्राष्टि खेलाडीद्वय जुमानु राई र भोला सिलवालले सक्रिय फुटबलबाट सन्यासको घोषणा गरे । त्यस्तै शनिबार लिगको अन्तिम खेलमा जावलाखेल विरुद्ध निर्णायक गोल गरेका थ्रीस्टारका कप्तान बिक्रम लामाले पनि फुटबलबाट सन्यासको घोषणा गरे ।
यी तीनै खेलाडीहरुलाई समापन कार्यक्रम मै सम्मानसहित विदाई गरियो । खेलाडीका रुपमा फुटबलबाट विश्राम लिए पनि सक्रिय फुटबलमा भने आफूहरु निरन्तर लागिरहने तीनै खेलाडीले बताए ।
Post Comments