News आर्मीको पनि सुखद समापन
गोलनेपाल

काठमाडौं । अपेक्षा अनुरुप नतिजा निकाल्न नसके तापनि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले पनि शहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा जितका साथ सिजनको सुखद समापन गरेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा आर्मीले हिमालयन शेर्पा क्लब विरुद्ध शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै निश्चित जित र तीन अंकका साथ सिजनको समापन गर्न सफल भएको हो । आर्मीको जितमा खेलको छैठौं मिनट मै सुदिल राईले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक बन्यो ।

यो जितपछि २६ खेलबाट ३४ अंक जोडेको आर्मी लिगतालिकाको छैठौं स्थानमा छ । र, कम्तिमा लिगको शिर्ष दशभित्र रहने निश्चित छ । उता पराजित शेर्पा भने ३१ अंकका साथ दशौं स्थानमा छ । लिगको समापन शनिबार हुँदैछ । चर्च ब्वाईज युनाइटेडले यसअघि नै लिग उपाधि जितिसकेको छ ।

Post Comments