News
युनिग्लोब फुटसल हुने
काठमाडौं । युनिग्लोब एसएस कलेज, कमलादीको आयोजनामा आगामी असार ७ देखि ९ गतेसम्म युनिग्लोब फुटसल प्रतियोगिता हुने भएको छ । तीन दिने प्रतियोगितामा वर्ष २०७९ मा एसईई दिएर बसेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।
साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि यही जेठ ३२ गतेसम्म टिमदर्ता खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता निःशुल्क रहेको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितामा विजेता, उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई गरी एक लाख बराबरको पुरस्कार रहेको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि