
काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न म्यानमारमा रहेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यानमार बिचको खेल नेपाली समय अनुसार साँझ ५Þः४५ बजे शुरु हुनेछ ।
खेलको पूर्व संन्ध्यामा प्रतिक्रिया दिंदै नेपाली टोलीका प्रशिक्षक, यम प्रसाद गुरुङले सकरात्मक नतिजा निकाल्नेमा आशावादी रहेको बताए । प्रशिक्षक गुरुङ भन्छन्, “पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ । टिममा एकता छ, हामी कुनै पनि टिमलाई हराउन सक्षम पनि छौं । हामी हरेक म्याच जित्नकै लागी खैल्नेछौँ ।”,
साथै प्रशिक्षक गुरुङले विपक्षी टोलीहरु फिफा वरीयतामा नेपालभन्दा भन्दा माथी भए तापनि नेपाली टोली उच्च मनोबलका साथ म्यानमारको मैदानमा उत्रिने पनि उनले बताए ।
स्मरण रहोस, दोस्रो चरणको छनोटतर्फ समूह ‘बी’ मा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । नेपालले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम छ । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट