काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई जेठ ३ गतेका दिन तेस्रो रणनीतिक प्रशिक्षण दिने भएका छन् । प्रशिक्षणका लागि प्रशिक्षक भिन्सेन्जोले कुल ३१ खेलाडीहरुलाई सामेल गरेका छन् ।
स्मरण रहोस, प्रशिक्षक भिन्सेन्जोले यसअघि बैशाख १ गते पहिलो चरणको तथा बैशाख १८ गते दोस्रो चरणको रणनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेका छन् । जुन २१ तारीखदेखि भारतको बैंगलोरमा शुरु हुन गईरहेको साफ चयाम्पियनसिपको आवश्यक तयारीका लागि यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको एन्फाले जनाएको छ ।
रणनीतिक प्रशिक्षण कार्यक्रममा बोलाइएका खेलाडीहरुः
देवेन्द्र तामाङ, पुजन उपरकोटी, बिमल घर्ती मगर, सुदिप गुरुङ, दिपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, बिमल पाण्डे, दिपेश गुरुङ, लाकेन लिम्बु, बिक्रम लामा, अनिष देउला, सिमान्त थापा, दिप कार्की, आशिष गुरुङ, अनन्त तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, आशिष चौधरी, सुशिल शाह, निशान्त खड्का, आयुष घलान, मनिष डाँगी, अन्जल महर्जन, सनिस श्रेष्ठ, नविन लामा, मणि कुमार लामा, आवास लामिछाने, किरन कुमार लिम्बु, रोहित चन्द
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)