
पोखरा । प्रतिष्ठित सातौं पोखरा स्पोर्टस अवार्डतर्फ वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड फुटबलकी चर्चित फरवार्ड साबित्रा भण्डारीले हात पारेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको यो अवार्डतर्फ यसवर्ष साबित्राले आफ्नो पकड बनाएकी हुन् ।
साबित्राले यो अवार्ड जित्ने क्रममा आर्चरीकी रोजिना थापा मगर र तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पारिन् । पुरुषतर्फ वर्ष खेलाडीको पुरस्कार क्रिकेटका करन केसीले हात पारे । उत्कृष्ट बनेका पुरुष र महिलातर्फका दुवै विजेता खेलाडीहरुले इलेक्ट्रीक स्कुटरसहित ट्रफी हात पारे ।
त्यस्तै उदियमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारीले हात पारे । उत्कृष्ट प्रशिक्षकको अवार्ड भने आर्चरीका किशोर कुमार गुरुङले हात पारे । दुवैले नगद ३५ हजारसहित ट्रफी प्राप्त पारे । लाईफटाईम अचिभमेन्ट अवार्डबाट भने बक्सिङका विधा प्रसाद मरासिनीलाई सम्मानित गरियो ।
पोखरा सभागृहमा आयोजित अवार्ड कार्यक्रममा अवार्ड विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष दिननाथ बराल लगायतले पुरस्कृत गरेका थिए ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड