बिर्तामोड । नमो बुद्ध युवा क्लब, सप्तरी यहाँ जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा नमो बुद्धले गाईघाट फुटबल क्लब, उदयपुरलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
महेन्द्र ज्योति माविको खेलमैदानमा भएको खेलमा नमो बुद्धका लागि निकिता थोकर र रश्मी कुमारी घिसिङले एक–एक गोल गरिन् । रश्मी खेलको प्लेयर अफ द म्याच समेत घोषित चुनिईन् । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरिन् ।
नमो बुद्धले अब उपाधिका लागि बैशाख १६ गते शनिबारका दिन आयोजक अल इन वान क्लब, झापासँग फाइनल खेल्नेछ । आयोजकले बुधबार नै सम्पन्न पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका, मोरङलाई ५–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।
अल इन वान क्लब, बिर्तामोड, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक