News
रोहितले पाए ओल्ड ट्राफोर्ड जाने अवसर
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबको युथ एकेडेमीका यु–१४ खेलाडी रोहित श्रेष्ठले विश्व फुटबलको थिएटर अफ ड्रिम्स उपनाम पाएको म्यानचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड जाने अवसर पाएका छन् ।
युनाइटेड वी प्ले ३.० को आयोजना तथा म्यानचेष्टर युनाइटेडको सहकार्यमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दुई दिने युवा खेलाडीहरुको फुटबल क्षमता अभिवृद्धि कार्यक्रमबाट रोहित श्रेष्ठ ओल्ड ट्राफोर्ड जाने एक्ला खेलाडीका रुपमा छनौट भएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग समेत रहेको कार्यक्रममा कुल ४ सय ३७ बाल खेलाडीहरुलाई सहभागिता जनाएका थिए । कार्यक्रममा म्यानचेष्टर युनाइटेडका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”