News
श्रृजनशील र आरसी ३२ उपाधिका लागि भिड्ने

मेहेलकुना । चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक श्रृजनशील युवा क्लब र आरसी ३२ एकेडेमी उपाधिका लागि भिडुने भएका छन् ।
बिहीबार सम्पन्न दुई सेमिफाइनल भिडन्ततर्फ श्रृजनशीलले रोयल एफसीलाई शून्यका विरुद्ध ३ गोलले हरायो । खेलमा श्रृजनशीलका नविन परियार म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै अर्को सेमिफाइनलमा आरसी ३२ ले भेरी एकता समाजलाई ५–२ ले हरायो । खेलमा आरसी ३२ का बिबेक सन्तोषी म्यान अफ द म्याच घोषित भए ।
अब शुक्रबार हुने फाइनल भिडन्तमा श्रृजनशील र आरसी ३२ उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजार प्राप्त गर्नेछ ।
Post Comments