News रोहितको टोली पेर्सिकको लगातार चौथो जित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यस्त नेपालका चर्चित फुटबलर रोहित चन्दको टोली पेर्सिक केदिरीले लिगमा लगातार तेस्रो जित हात पारेको छ । सिजनको शुरुवाती खेलहरुमा खराब लयमा देखिएको पेर्सिकले पछिल्ला खेलहरुमा भने आफ्नो प्रदर्शनलाई निरन्तर सुधार गर्दै आईरहेको छ ।

लिगको आफ्नो २८औं खेलमा पेर्सिकले पेर्सिबलाई २–० ले हरायो र लगातार चौथो जित दर्ता गर्न सफल भयो । यसअघि पेर्सिकले रान्स नुसनतारा, एरेमा र बारितो पुतेरालाई हराएको थियो ।

बुधबार पेर्सिकले पेर्सिबलाई हराउँदा टोलीका लागि ३५औं मिनटमा अल हमरा हेहानुसालेपहिलो गोल गरे भने ८९औं मिनटमा मोहम्मद खनाफीले दोस्रो गोल गरेका थिए ।

यो जितसँगै २८ खेलबाट २९ अंक जोडेको पेर्सिक रेलिगेशन क्षेत्रबाट बाहिर निस्किदै १५औं स्थानमा उक्लेको छ । एक खेल कम खेलेको पराजित पेर्सिब भने ५२ अंकका साथ दोस्रो स्थानमा छ ।

रोहितको टोली पेर्सिकले आफ्नो आगामी खेल आइतबार रोहितको पूर्व क्लब पेर्सिजा जकार्ता विरुद्ध खेल्नेछ ।

Post Comments