काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाई नियुक्त गरेको छ । एन्फाको बुधबार बसेको चौथो कार्यसमिति बैठकले ३८ वर्षिय भिन्सेन्जोलाई नियुक्त गरेको हो ।
तत्कालिन मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीले पद छाडेपछि टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । बीच–बीचमा अन्तरिम प्रशिक्षक आए तापनि मुख्य प्रशिक्षक नियुक्त गरिएको थिएन । एन्फाले मुख्य प्रशिक्षक पदकै लागि खुला दरखास्त आह्वान समेत गरेको थियो ।
एन्फाका अनुसार उक्त पदका लागि १६८ जनाको आवेदन परे तापनि शर्टलिस्टमा २० जनालाई छानिएको थियो । त्यसैमध्येबाट भिन्सेन्जोलाई नियुक्त गरिएको हो ।
युइएफए प्रो लाइसेन्स प्रशिक्षक समेत रहेका भिन्सेन्जोले इण्डियन सुपर लिग क्लब नर्थ इस्ट युनाइटेडको जिम्मेवारी पनि सम्हालिसकेका छन् । त्यस्तै उनले अर्को भारतीय क्लब गोकुलम केरलाको प्रशिक्षकीय जिम्मेवारी सम्हाल्दै टोलीलाई दुईपटक लिग उपाधि समेत जिताईसकेका छन् ।
त्यसबाहेक उनले उत्तर अमेरिकी देश बेलिजेको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्नुका साथै अन्य विभिन्न देशहरुको क्लबहरुको प्रशिक्षकीय नेतृत्व पनि सम्हालि सकेका छन् । र, अनुभवी प्रशिक्षकका रुपमा पनि हेरिएको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान