डाँडाबजार । जंग बहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही फागुन २४ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका समेत जानकारी गरिएको छ ।
साँगुरीगढी–५, डाँडाबजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साँगुरीगढी क्लब र रारा फुटबल क्लब, धनकुटा भिड्ने छन् । सोही दिन अर्को खेलमा धरान सिटी एफसी र कुसुमे साइनिङ क्लब पनि प्रतिस्पर्धा आयोजकले जानकारी दियो ।
डाँडाबजार फुटबल क्लब, धनकुटाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेता र उपविजेता टोलीहरुलाई नगद र ट्रफी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल फागुन २७ गते शनिबारका दिन हुनेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा