गोर्खा । साविक विजेता तथा आयोजक समेत रहेको हरमटारी क्लब यहाँ जारी सातौं गोर्खाली रनिङ्ग कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ हरमटारीले पृथ्वी युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
हरमटारी रंगशालामा भएको खेलको शुरुवाततर्फ पाँचौं मिनट मै सन्दिप रानाले गरेको एक मात्र गोल आयोजकलाई फाइनलमा पुर्याउन प्रर्याप्त र निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने हरमटारी कै लक्ष्मन थापा घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत फागुन १२ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल सतीपिपल क्लब र खोपलाङ्ग एफसीबीच हुने आयोजकले जानकारी दियो ।
हरमटारी क्लब, गोरखाको आयोजनामा जारी जिल्ला कै सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही फागुन १३ गतेका दिन हुनेछ ।

- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन