
हेटौडा । बुधबार सम्पन्न स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । फाइनलमा हिमालयन शेर्पा क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।
पिप्ले क्याम्पा रंगशालामा भएको रोमाञ्चक फाइनल भिडन्तमा मनाङका लागि रोशन राना मगरले एक मात्र निर्णायक गोल गरे । उनले दोस्रो हाफतर्फ ७७औं मिनटमा गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।
निर्णायक गोलकर्ता रोशन राना मगर म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । विजेता बनेको मनाङले उपाधिसहित नगद १५ लाख हात पारेको छ भने उपविजेता शेर्पाले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत माघ २८ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा