
हेटौडा । हिमालयन शेर्पा क्लब जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा शेर्पाले एभनिर एफसी, क्यामरुनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा शेर्पाका लागि ५३औं मिनटमा सुनिल श्रेष्ठले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता सुनिल श्रेष्ठ नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
शेर्पाले फाइनलमा फागुन १० गते बुधबारका दिन मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । मनाङले आइतबार मात्र पहिलो सेमिफाइनलमा एपिएफलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा