News
बागमती र एपिएफ फाइनलमा भिड्ने

सुर्यनगर । बागमती युवा क्लब र एपिएफ क्लब यहाँ जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । बागमतीले शुक्रबार भएको दोस्रो सेमिफाइनलमा आयोजक नव युवा क्लब, बर्दघाटलाई टाईब्रेकरमा ४–२ ले हराउँदै एपिएफसँगको फाइनल भेट पक्का गरेको हो ।
त्यसअघि सुर्यनगर रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा बागमतीका गोलरक्षक रोनक चौलागाई म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ३ हजार र ट्रफी हात पारे । बागमतीले फाइनलमा आइतबार एपिएफसग खेल्नेछ ।
नव युवा क्लब, बर्दघाट–१६ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
Post Comments