गोरखा । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको गोरखा जिल्ला कै सर्वाधिक पुरस्कार राशीको गोर्खाली कप खुला फुटबल प्रतियोगिताको सातौं संस्करण आगामी फागुन ७ देखि १४ गतेसम्म हुने भएको छ ।
गोरखा सदरमुकामको खेलकुद मैदानमा हुने प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी कुल १६ टोलीहरुको सहभागिता रहनेछ । हरमटारी क्लब, गोरखाको आयोजनाम हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही ५०–५० हजार प्रदान गरिने आयोजकले जानकारी दियो । त्यसैगरी प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक नगद पुरसकारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गोरखा जिल्लाभित्रका नयाँ खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता सम्पन्न यसपटक करिब २५ लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको आयोजक क्लबका महासचिव किरण ढकालले बताए ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन