
फापरबारी । यहाँ जारी पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको मकवानपुर–११ का खेलाडीहरुलाई नगदसहित पुरस्कृत गर्ने युवा व्यवसायी बिनोद लामा भोम्जनले घोषणा गरेका छन् ।
व्यवसायी बिनोद लामाका अनुसार मकवानपुर–११ ले सेमिफाइनल खेल जिते टोलीका २४ जना सदस्यहरुलाई जनही ५–५ हजार दिने तथा फाइनल जिते जनही १०–१० हजार दिने घोषणा गरेका छन् । मकवानपुरका खेलाडीहरुलाई हौसला प्रदान गर्न आफूले यो पुरस्कार घोषणा गरेको व्यवसायी लामाले बताए ।
स्मरण रहोस, मकवानपुरले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । र मकवानपुरले चर्च ब्वाईज युनाइटेड र एपिएफ क्लबबीचको क्वाटरफाइनल विजेतासँग माघ १ गतेका दिन सेमिफाइनल खेल्ने कार्यक्रम पनि तय भईसकेको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा