नक्सलबारी । डाँगीहाट युथ क्लब, लक्ष्मीमार्ग यहाँ जारी तेस्रो माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
डाँगीहाटका लागि खेलको ३०औं मिनटमा असिम राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ द म्याच चुनिए । उनलाई खेलका विशिष्ट अतिथी बेलबारी नगरपालिका वार्ड नम्बर ११ का अध्यक्ष बिक्रम बान्तवा राईले नगद २ हजार र ट्रफीसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत पौष २८ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नक्सलबारी फुटबल क्लब, नक्सलबारी र लेटाङ्ग फुटबल क्लब, लेटाङ्ग बीच हुने आयोजकले जानकारी दियो ।
नेपाल मगर संघ, बेलबारी–१ नक्सलबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५० हजार ५ सय प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ १ गतेका दिन हुनेछ ।

- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा