
झुरझुरे । बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा यहि पौष २४ देखि माघ ३ गतेसम्म पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताबारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यसपटक प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पनि तिव्र पारिएको जानकारी दियो ।
बागमती–८ फापरबारी स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा एक विदेशी, सात ए डिभिजन क्लब र दुई मोफसलका लागि कुल १० टोलीहरुले सहभागिता रहने प्रतियोगिता संयोजक टिकलाल श्रेष्ठले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाखका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजारसहित ट्रफी प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद पाँच हजारसहित व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक टिकलाल श्रेष्ठले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी दियो ।
त्यसैगरी यसवर्ष देखि खेल क्षेत्रमा कलम चलाउने एक जना खेल पत्रकारलाई पनि नगद १५ हजारसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सधै झैं यसपटक पनि सबैको साथ र सहयोग मिल्ने आयोजकले अपेक्षा गरेको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा