काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगमा सहभागि क्लबहरुबीच आउँदो फागुन १९ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग गर्ने सहमति बनेको छ । बिहीबार एन्फा कम्प्लेक्समा बसेको दुवै पक्षका प्रतिनिधीहरु उपस्थित बैठकले सो कुराको निर्णय गरेको हो ।
लिग आयोजनाबारे गत साता पनि दुवै पक्षबीच बैठक बसेको थियो । यद्यपि त्यो बैठकमा ठोस निर्णय नभई अर्को बैठक बस्ने सल्लाह भएको थियो । बिहीबार बसेको बैठकले लिग डबल राउण्ड रोबिन मै हुने पनि पक्का गरेको छ । यद्यपि लिगका खेलहरु उपत्यका बाहिर हुने नहुनेबारे भने खुलाइएको छैन ।
यसअघि एन्फाले सम्बन्धित क्लबहरुलाई दिने तयारी रकम लगायतको आवश्यक खर्च उपलब्ध गराउने घोषणा गरे पनि कार्यान्वयन नगरेपछि क्लबहरुले निर्धारित मिति मै लिग नहुने घोषणा गरेका थिए । स्मरण रहोस, यसअघि एन्फाले यहि पौष २६ गतेदेखि लिग आयोजना गर्ने मिति तोकेको थियो ।
लिगको मिति सर्दा चौतर्फी आलोचना पनि भएको थियो । नेपाली फुटबलको मेरुदण्ड मानिएको शिर्ष लिग पनि अनिश्चित बनेपछि धेरैजसो खेलाडीहरु बिदेश पलायन पनि भइसकेका छन् । र यो क्रम जारी पनि छ । यो अवस्थामा सम्बन्धित पक्ष र क्लबहरुले यसबारे गम्भिर भएर अगाडी बढ्नुपर्ने धेरैको बुझाई छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै